+
+

पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते १५:५६

११ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बसुन्धरास्थित दियालो फुडल्याण्डमा सुरु भएको छ ।

आगामी भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि आवश्यक रणनीति बनाउने उद्देश्यका साथ पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बसेको बताइएको छ । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत सहभागी छन् ।

आगामी भदौ १६ गतेदेखि हुने महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसका नेताहरुले आफूपक्षीय नेताहरुको छलफललाई तीव्र बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?