+
+
Shares

बैरागी काइँलालाई मस्तिष्कघात, स्वास्थ्य अवस्था सुधारोन्मुख

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते १८:२१

११ असार, काठमाडौं । मस्तिष्कघात भएर अस्पताल भर्ना भएका कवि बैरागी काइँला (तिलविक्रम नेम्बाङ) को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको ओम अस्पतालले जनाएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत डा. विनोद अधिकारीका अनुसार प्रारम्भिक रिपोर्टले प्रेसर बढेर समस्या भएको देखाएको छ ।

‘साहित्यकार काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ’ डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘होश आइसकेको छ, त्‍यसैले आइसीयूमा राखेर के भएको हो भन्ने पत्ता लगाउँदैछौं ।’

डा. विश्वनाथ कोइराला, न्युरो डाक्टर कृष्ण ढुंगानालगायतको टोलीले काइँलाको उपचार गरिरहेको जनसम्पर्क अधिकृत अधिकारीले बताए ।

बिहीबार राति ११ बजे घरमै बसिरहेको बेला चक्कर लागेर लड्न पुगेका काइँलालाई ओम अस्पताल ल्याइएको थियो । ८२ वर्षीय काइँलालाई प्रेसर र नाकको रक्तश्राव समस्या रहेको छोरी नामओति नेम्बाङले बताएकी छिन् ।

थोरै कविता लेखर स्थापित नाम बनाएका काइँलाका लिम्बू संस्कृतिसम्बन्धी एक दर्जन अनुसन्धानमुलक पुस्तक प्रकाशित छन् । लोकतन्त्र घोषणापछि गठित नेपाल प्रज्ञा प्रतिष्ठानमा उनी कुलपतिको जिम्मेवारीमा थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?