Comments Add Comment

बैबाहिक जीवनमा बाँधिइन् सन्ध्या केसी

नायिका सन्ध्या केसीले कानुनी बिहे गरेकी छिन् । उनले, सामाजिक संजालको माध्यमबाट आफू बैबाहिक जीवनमा बाँधिएको जानकारी दिएकी छिन् । खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ भन्दै उनले आभूषण ज्योती कंसकारसँग बिहे गरेको उल्लेख गरेकी हुन् ।

उनले लेखेकी छिन्–‘हामीले कानुनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ ।

सन्ध्याले आभुषणसँग धार्मिक परम्परा अनुसार बिहे नगरेको उल्लेख गर्दै कोभिडको परिस्थिती सामान्य भएपछि धार्मिक परम्परा अनुसार बिहे गर्ने बताएकी छिन् । आजका दिनदेखि आफूहरु एकल रुपमा अगाडि नबढ्ने भन्दै सन्ध्याले सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा चलचित्र ‘ड्रिम्स’मा काम गरेपछि चर्चामा रहेकी सन्ध्याले अभिनय गरेको ‘पण्डित बाजेको लौरो’बाट उनको कामको तारिफ भएको थियो । उनै, सन्ध्याले जीवनको नयाँ अध्याय सुरु गरेकोमा हार्दिक वधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment