+
+
Shares

सकियो आलिया र संजयको ‘गंगुबाई काठियावाडी’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १३ गते १२:३७

नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ । चलचित्रको निर्माणपक्षले मुम्बइको फिल्म सिटीमा बाँकी रहेको छायांकन पुरा गरेको हो । भारतका दोश्रो चरणको कोरोना माहामारीका कारण यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी रहेको थियो ।

तर, भारतमा लकडाउन चलिरहेको समयमा यसको निर्माणपक्षले छायांकन सकेको हो । नायिका आलिया भट्ट र निर्देशक संजयलिला भन्सालीलाई कोरोना संक्रमण भएपछि चलचित्रको छायांकन रोकिएको थियो । यसपछि, लकडाउनका कारण फेरि समस्या उत्पन्न भएको थियो । यो चलचित्रमा नायिका भट्ट शिर्ष भूमिकामा देखिदैछिन् ।

संजयलिला भन्साली यो चलचित्रको छायांकन सकिएसँगै अब वेव सिरिज ‘हिरा मन्डी’को छायांकन सुरु गर्ने तयारीमा छन् । चलचित्रमा आलियाको साथमा नायक अजय देवगणको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?