Comments Add Comment

भारतमा दैनिक नयाँ कोरोना संक्रमितको संख्या ३७ हजारमा झर्‍यो

१५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) का दैनिक नयाँ संक्रमितको संख्या ३७ हजारमा झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ३७ हजार ५६६ नयाँ संक्रमित थपिएका हुन् । भारतमा कोरोनाका दैनिक संक्रमितको यो संख्या गत मार्चको मध्ययताकै सबैभन्दा कम हो । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या तीन करोड तीन लाख १६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ९०७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि तीन लाख ९७ हजार ६३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको केरलामा सबैभन्दा धेरै आठ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै महाराष्ट्रमा नयाँ संक्रमितको संख्या ६ हजारभन्दा धेरै छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि साढे पाँच लाखमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment