Comments Add Comment

सुदूरपश्चिमको प्रहरी प्रमुखमा डीआईजी कंडेल

१८ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक -डीआईजी) पुरुषोत्तम कंडेलले पाएका छन् ।

प्रहरी प्रधानकार्यालय मानव स्रोत प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालबाट सरुवाभएर आएका कंडेलले बिहीबार धनगढी पुगेर कमाण्ड सम्हालेका हुन् ।

कंडेलले प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षालगायतका विषयलाई प्राथमिकतामा राखेर प्रहरी ऐन बमोजिम काम गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘प्रहरी संगठनभित्र छुट्टै र विशेष खालको काम गर्ने भन्ने कुरा हुँदैन्’ कंडेलले भने, ‘गृह मन्त्रालय र नेपाल प्रहरीको रणनीतिक योजनाहरु छ । सबैको परिपालन हुने गरी काम गर्ने हो ।’

सुदूरपश्चिमका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको थियो ।

सुवेदीको सरुवापछि उनको ठाउँमा प्रहरी प्रधानकार्यालयले कंडेललाई खटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment