+
+
Shares

अब कोरोना खोप लगातार आउँछ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १९ गते १२:५९

१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने भन्दै अब खोप लगाउने अभियान नै चल्ने दावी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताए । ‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन नै चल्नेछ’ उनले भने, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’

उनले अघि भने, ‘बीचमा हामीलाई भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं ।’

प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोप मार्फत कोरोना सर्न नपाउने स्थितिमा पु¥याउने बताए ।
उनले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने पनि बताएका छन् ।

सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दावी गर्दै प्रधानमन्त्री ओलीले खोप आउन थालेपछि थप सुरक्षित हुने बताए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?