Comments Add Comment

गिरिजाप्रसाद कोइरालाको ९८औं जन्मजयन्तीमा पर्सामा वृक्षारोपण

२० असार, पर्सा। पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पुर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको ९८औं जन्मजयन्तीको अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले वृक्षारोपण गरेको छ ।

फाउण्डेशनले तीन दिने कार्यक्रमको आयोजनामा पहिलो दिन वीरगञ्जको आइसीपी र आर्दशनगरको कबरस्थानमा साल,सिसम,बेल,सफेदा,खैर,औरा,टिक,अशोक लगायत विभिन्न प्रजातिका २२५ वटा रुखको बिरुवा रोपेको हो ।

यस्तै असार २१ गते फाउण्डेशनको कार्यालय आदर्शनगर पानी ट्यांकीमा रक्तदान र्कायक्रमको आयोजना गरेको छ भने असार २२ गते पर्सा जिल्लाका दुईजना सक्रिय पत्रकारलाई जनही २५००० (पच्चीस हजार) सहित सम्मान गर्ने निर्णय गरेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment