Comments Add Comment

कोरोना संक्रमणबाट कांग्रेस नेता रामजी कुँवरको निधन

२१ असार, काठमाडौं । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ ।

कोरोना संक्रमणपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कुँवरको सोमबार दिउँसो निधन भएको हो ।

कुँवरकाे अपरान्ह साढे पाँच बजे निधन भएको आफन्त डा. केदारनरसिंह केसीले जानकारी दिए ।

कुँवर स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment