+
+
Shares

रुपन्देहीमा खुकुलो बनाएर असार ३१ सम्म निषेधाज्ञा थप

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते १७:४७

२१ असार, बुटवल । रुपन्देहीमा खुकुलो बनाएर असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले असार ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणालीमै चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए । यस्तै सबैखाले व्यापार व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्न पाइने छ । माछा–मासु, तरकारी, फलफूल र दुग्धजन्य सामग्रीहरु बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

निषेधाज्ञा अवधिमा सभा सम्मेलन, जुलुस लगायत भीडभाड हुने क्रियाकलाप गर्न नपाइने निर्णय भएको सूचना अधिकारी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?