+
+
Shares
फेसन :

मिलान फेसन शोमा ‘मिस नेपाल नर्थ अमेरिका’ दीपिका शर्माले दिइन् रनवे प्रस्तुति

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ की विजेता दीपिका शर्माले इटालीको मिलानमा कृति मैनालीको पहिरनमा रनवे प्रस्तुति दिइन्।
  • ड्रीम्स युनिभर्सल एलएलसीले दीपिका मिलान फेसन विकमा सहभागी भएको र उनको प्रस्तुति सहभागीले रुचाएको जनाएको छ।
  • अध्यक्ष शैलेन्द्र श्रेष्ठले उपाधिपछि विजेतालाई अन्तर्राष्ट्रिय अवसर दिनु प्रतियोगिताको उद्देश्य रहेको बताए।

काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ की विजेता दीपिका शर्माले इटालीको मिलानमा आयोजित फेसन कार्यक्रममा नेपाली डिजाइनर कृति मैनालीले तयार पारेको पहिरनमा रनवे प्रस्तुति दिएकी छन्।

प्रतियोगिताको आयोजक ड्रीम्स युनिभर्सल एलएलसीले दीपिका मिलान फेसन विकमा सहभागी भएको जनाएको छ। उनको प्रस्तुति र पहिरन सहभागीहरूले रुचाएको आयोजकको दाबी छ।

मिस नेपाल नर्थ अमेरिका तथा ड्रीम्स युनिभर्सल एलएलसीका अध्यक्ष शैलेन्द्र श्रेष्ठले विजेताहरूलाई उपाधिपछि पनि अन्तर्राष्ट्रिय अवसर उपलब्ध गराउनु प्रतियोगिताको उद्देश्य रहेको बताए। मिलानमा दीपिकाको प्रस्तुति देख्दा आफूलाई गर्व लागेको र अन्तर्राष्ट्रिय रनवेमा मैनालीको सिर्जना प्रस्तुत भएकोमा खुसी लागेको उनले बताए।

संस्थाका अनुसार प्रतियोगिताले नेपाली कला, संस्कृति र फेसनको प्रवर्द्धनसँगै युवा महिलाका लागि अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?