+
+
Shares

मोटरसाइकल र स्कुटर ठोकिँदा युवतीको मृत्यु

रासस रासस
२०७८ असार २१ गते १८:५५

२१ असार, काठमाडौं । काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साँझ मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?