Comments Add Comment

चितवन घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउन कांग्रेसको माग

२१ असार, काठमाडौं । नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको जनाएको छ ।

नौ दिनसम्म नभेटिनु, कसैको नियन्त्रण वा अपहरणमा परेको सूचना दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा ती युवतीको जङ्गलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन् ।

मुलुकका विभिन्न भागमा महिला उपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक-पटक भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमा यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको छ।

उनले यस्ता घटनाहरुको गहिरो अनुसन्धान र कार्वाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै विशेष बन्न र बनाउन अत्यावश्यक भएको उल्लेख गरे । उनले चितवनको घटनाको गहिराईमा पुगेर अनुसन्धान गर्न माग गर्दै यसमा सबैको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment