Comments Add Comment

करणको ‘रक्की और रानी कि प्रेम कहानी’मा रणवीर र आलियाको जोडी

बलिउडमा लभ स्टोरी चलचित्र निर्देशनमा करण जोहर चर्चित छन् । ५ बर्ष अगाडि चलचित्र ‘ए दिल हे मुश्किल’ निर्देशन गरेपछि करणले नयाँ चलचित्र निर्देशन गरेका थिएनन् । उनै, करणले ५ बर्षपछि नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । करणले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘रक्की और रानी कि प्रेम कहानी’ हो ।

यो चलचित्रको आज घोषणा गरिएको छ । यो चलचित्रमा नायक रणवीर सिंह र नायिका आलिया भट्टको मुख्य भूमिका रहने भएको छ । करणले चलचित्र घोषणा गर्दै भनेका छन्–‘केही बर्षपछि म फेरि आफ्नै यात्रामा फर्किएको छु । मेरो प्रिय ठाउँ, जहाँ प्रेमका कुरा हुनेछन् । यो एक विशेष प्रेम कथा हो । जसमा पारिवारिक र प्रेमको कुरा भनिनेछ ।’

चलचित्र ‘गुल्ली ब्वाई’मा काम गरेपछि रणवीर र आलियालाई दर्शकले रुचाएका थिए । अब, यी दुई करणको पारिवारिक प्रेम कथामा जोडिएका छन् ।

करणले निर्देशन गरेका ‘कुछ कुछ होता हे, कभी खुशी कभी गम, ए दिल हे मुश्किल’ लगायतका पारिवारिक लभ स्टोरी चलचित्रले बक्स अफिसमा धुम मच्चाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment