Comments Add Comment

एमालेको कार्यदल सहमति उन्मुख, भोलिसम्म टुंगोमा पुग्ने दाबी

२३ असार, काठमाडौं । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको सदस्यहरुले बताएका छन् । जारी छलफल भोलिसम्म टुंगोमा पुग्ने विश्वास रहेको कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले बताए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ । बुधबार भएको छलफल सकारात्मक र सहमति उन्मुख रहेको कार्यदलका सदस्यहरु बताउँछन् ।

कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्ट भन्छन्, ‘जुन जुन मुद्दामा विवाद देखा परेको थियो, ती मुद्दाहरुमा समाधान खोज्ने सन्दर्भमा झण्डै–झण्डै निष्कर्षमा पुगिरहेका छौं । एउटा छोटो अवधिमा हामीले समस्याहरुको समाधान गर्र्दै पार्टीलाई एकतावद्ध बनाउन सक्छौं भन्ने विश्वास आर्जन भएको छ ।’

उनका अनुसार कार्यदल अदालतको फैसलाअनुसार २ जेठ २०७५ मा फर्किंदा पार्टी र जनवर्गीय संगठनहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लगभग सहमति भएको छ । पार्टी केन्द्रीय कमिटीको संख्या, एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको व्यवस्थापन र अदालतको मुद्दामा धेरै नजिक आइपुगेको भन्दै उनले भने, ‘अविश्वासको खाडल कम भएको छ र विश्वासको वातावरण बनेको छ र हामी समाधानको एउटा बिन्दु नजिक आइपुगेका छौं ।’

कार्यदलका अर्का सदस्य ज्ञवालीले अहिलेसम्मको छलफलका आधारमा भोलिसम्म टुंगोेमा पुग्ने विश्वास लिएको बताए । तर विष्टले भने दिन तोक्न नसकिने बताए ।

यो पनि पढ्नुहोस यी हुन् एमाले कार्यदलमा प्रवेश गरेका मुख्य दुई विषय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment