२३ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोटलाई केन्द्रित गर्दै महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गरिएको छ ।
नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बुधबार ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
फिलिप्सले बोलाएको ४५ जनाको सूचीमा सर्वाधिक गोलकर्ता तथा मुख्य फरवार्ड सावित्रा भण्डारी छैनन् । चोटका कारण हाल कतारमा उपचार गराउन गएकी सावित्राले यसअघि नै प्रतियोगिता गुमाउने पक्का भइसकेको छ । सूचीमा तीन विभागीय टोलीका खेलाडीको बाहुल्यता छ । तीन विभागबाट कुल ३५ खेलाडी छन् ।
गत फागुनमा भएको राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा खेलाडीहरु छानिएका छन् ।
अर्को वर्ष भारतमा हुने महिला एसियन कपको छनोट अन्तर्गत नेपालले आफ्नो समूहको खेल आगामी सेप्टेम्बरमा घरेलु मैदानमा खेल्ने तय छ ।
नेपाल रहेको समूह एफमा हङकङ र फिलिपिन्स छन् ।
एएफसीले छनोट चरणको खेलहरु १३ देखि २५ सेप्टेम्बर (भदौ २८ देखि असोज ९) सम्म हुने जनाएको छ । यस समूहको शीर्ष स्थानमा रहने टोली एसियन कपमा छनोट हुनेछ । प्रशिक्षक फिलिप्सले नेपाल घरेलु मदानमा खेल्न उत्साहित रहेको यसअघि नै बताइसकेका छन् ।
नेपाली टिमको बन्द प्रशिक्षण यही जुलाई १८ अरथात साउन ३ गतेबाट सुरु हुने एन्फाले जनाएको छ ।
बन्द प्रशिक्षणमा परेका खेलाडी :
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्द्र राई, विमला चौधरी, अमृता जैशी, घिम कुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सबिता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राई
प्रतिक्रिया 4