Comments Add Comment

सुजिता भण्डारी मृत्‍यु प्रकरण : पूर्वी चितवनमा थप एक दिन कर्फ्यू

२३ असार, चितवन । राप्ती नगरपालिका-३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा थप एक दिन कर्फ्यू लगाएको छ ।

चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा मंगलबार साँझदेखि लगाएको कर्फ्यू बिहीबार बेलुका ७ बजेसम्म निरन्तरता दिएका हुन् । बुधबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू लगाइए पनि स्थिति सामान्य नभएपछि थप गरिएको हो ।

कर्फ्यू लागेका बेला बिहीबार विहान ५ बजेदेखि ८ बजेसम्‍म मात्र सर्वसाधारणले दैनिक उपभोग्‍य सामग्री खरिद/विक्री गर्न पाउनेछन् भने त्‍यसका लागि बढीमा तीन जनामात्र समूहमा आवतजावत गर्ने पाउनेछन् ।

भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा मंगलबार प्रहरीसँग झडप भएको थियो ।

हेर्नुहोस् कर्फ्यू आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment