Comments Add Comment

‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किए दीप श्रेष्ठ

बरिष्ठ गायक तथा नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठ सेटमा फर्किएका छन् । कोरोना भाइरसबाट संक्रमित भएपछि दीप श्रेष्ठ २ साता भन्दा बढी अस्पतालमा उपचार गराएर फर्किएका थिए ।

उनी, कोरोनामुक्त भएपनि केही समय आराम गर्न घरमै बसेका थिए । जसकाकारण, उनी ‘द भ्वाइस अफ नेपाल’को सेटमा उपस्थित हुन सकेका थिएनन् । दीप श्रेष्ठको अनुपस्थितीमा गायक राजेश पायल राई कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’को कुर्सीमा बसेका थिए ।

तर, अब पूर्ण रुपमा निको भएपछि दीप श्रेष्ठ सेटमा फर्किएको यो शोका निर्देशक लक्ष्मण पौडेलले अनलाइनखबरलाई जानकारी दिएका छन् । उनले भने–‘दीप सर द भ्वाइसको सेटमा फर्किसक्नु भएको छ । अब, हरेक शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका निर्वाह गरेको देख्न पाउनेछन् ।’

‘द भ्वाइस अफ नेपाल’ उत्कृष्ट १२ मा पुगेको छ । अब, दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरु बाहिरिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment