
बलिउडबाट नायिका इशा देओल हराइसकेको अवस्था छ । वैवाहिक जीवनमा बाँधिएपछि इशा बलिउडबाट टाढिएकी हुन् । उनै, इशा केही बर्षको अन्तरालपछि एक वेव सिरिजको माध्यमबाट अभिनयमा कमब्याक गर्दैछिन् ।
इशाले अभिनय गर्न लागेको वेव सिरिजको नाम ‘रुद्र’ हो । यो वेव सिरिजमा उनी नायक अजय देवगणको जोडीको रुपमा देखिदैछिन् । इशाले ट्विट गर्दैै लेखेकी छिन्–‘रुद्र मेरो डेब्यू वेव सिरिज हो । यो सिरिजमा कलाकार अजय देवगणसँग म काम गर्दैछु । अजय र मैले केही चलचित्रमा एकसाथ काम गरेका छौं ।’
नायक धमेन्द्र र नायिका हेमा मालिनीकी छोरी इशाले बलिउडमा सक्रिय रहँदा पनि सुखद क्रेज बनाउन सकेकी थिइनन् । यसैले, पनि उनलाई अहिले दर्शकले विर्सिसकेका छन् । यो सिरिजमा राशी खन्ना, हेमन्त खेर लगायतका कलाकारको पनि अभिनय रहनेछ । सिरिजको सुटिङ जुलाइको अन्तिमबाट सुरु गर्ने तयारी निर्माण कम्पनीको छ ।
यो सिरिजलाई अप्लाउज इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको हो । यो हलिउड कलाकार इद्रिस एल्बाले अभिनय गरेको ‘लुथर’ नामक वेव सिरिजको हिन्दी रिमेक हो ।
प्रतिक्रिया 4