Comments Add Comment

एक दिनमै २ वटा तीजको गीत निर्देशन गर्दै काजिस

निर्देशक काजिस श्रेष्ठको व्यस्तता पछिल्लो समय निकै बढेको छ । आधुनिक, लोकदेखि तीजका गीतको निर्देशनमा काजिसलाई भ्याई नभ्याई छ । मोडलिङको रहरले म्यूजिक भिडियो दुनियाँमा प्रवेश गरेका काजिस पछिल्लो समय भने निर्देशनमा नै जमिरहेका छन् ।

तीज पर्व नजिकिदै गर्दा काजिसलाई भ्याई नभ्याई भएको छ । उनै, काजिस एक दिनमै २ वटा तीज गीतको भिडियो निर्देशन गरिरहेका छन् ।

बिहीबार २ वटा तीज गीतको छायांकन गर्दा काजिस निकै व्यस्त देखिए । एक दिनमै २ वटा गीतको भिडियो छायांकन गर्नुको कारणबारे काजिस भन्छन्–‘हामीले निर्माताको बारेमा पनि सोच्नुपर्छ । तीजको गीतको आयू लामो समयको हुँदैन । यसैले, निर्माताहरु सकेसम्म कम बजेटमा भिडियो तयार पारिदिनुहुन आग्रह गर्नुहुन्छ । यसैले, हामीले पनि सोही अनुसार काम गरिरहेका छौं ।’

काजिसले बजेटमा संझौता गर्नुपर्ने भएकाले पनि सकेसम्म काम चाडो सक्नुपरेको बताए । तर, आफूले मिहिनेत भने गरेको उनले बताए । तीजमा कती कमाई हुन्छ भन्ने प्रश्नमा काजिस भन्छन्–‘ठ्याक्कै यति त नभनौं । तर, फेरि लकडाउन भयो भने लकडाउन भरी बसेर खान पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment