+
+
Shares

कांग्रेस गैंडाकोट नगर सभापतिमा सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस गैंडाकोट नगर सभापतिमा खेमराज सापकोटा १५औँ महाधिवेशनअन्तर्गत नगर समितिको अधिवेशनबाट सर्वसम्मत चयन भएका छन्।
  • अधिवेशनबाट गोविन्दप्रसाद घिमिरे र तुलसी गैरे सुवेदी उपसभापति, हर्कबहादुर घर्ती सचिव र रत्नबहादुर बोहोरा सहसचिवमा सर्वसम्मत चयन भएका छन्।
  • नगर कार्यसमितिमा वडा प्रतिनिधित्वसहित सदस्यहरू चयन भएका छन्, जसमा युवा, दलित महिला र दलित खुलातर्फका प्रतिनिधि पनि समावेश छन्।

९ असोज, काठमाडौं । नेपाली कांग्रेस गैंडाकोट नगर सभापतिमा खेमराज सापकोटा सर्वसम्मत चयन भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नगर समितिको अधिवेशनबाट  सापकोटा सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनबाट गोविन्दप्रसाद घिमिरे र तुलसी गैरे सुवेदी उपसभापति, हर्कबहादुर घर्ती सचिव तथा रत्नबहादुर बोहोरा सहसचिवमा सर्वसम्मत चयन भएका छन् ।

३५ वर्षमुनिको युवा समूहबाट आशिका कोइराला, दिपेश नेपाली र विकल सापकोटा चयन भए भने दलित महिलातर्फ निर्मला रामदाम र दलित खुलातर्फ भद्रबहादुर दमाई निर्वाचित भएका छन् ।

नगर कार्यसमितिमा गैंडाकोट नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन गरिएको छ ।

वडा नं. १ बाट देवीकला सापकोटा कँडेल र शेखरनाथ पोखरेल, वडा नं. २ बाट पार्वतीदेवी शर्मा गौडेल र गोपालप्रसाद अधिकारी, वडा नं. ३ बाट टेकप्रसाद रिमाल तथा वडा नं. ४ बाट मञ्जुदेवी शर्मा र दीपक रिमाल चयन भएका छन् ।

त्यस्तैगरी, वडा नं. ५ बाट वी. कँडेल सापकोटा र राजेन्द्र अधिकारी, वडा नं. ६ बाट मायादेवी ठकुरी र मोतीप्रसाद अधिकारी, वडा नं. ७ बाट देवीकला सापकोटा कँडेल र उमनाथ शर्मा तथा वडा नं. ८ बाट विष्णुकुमारी मल्ल रिमाल र द्रोणराज सापकोटा निर्वाचीत भएका छन् ।

त्यस्तै, वडा नं. ९ बाट गमता भट्टराई पाण्डे र नन्दलाल कँडेल, वडा नं. १० बाट अन्जु श्रेष्ठ र रामचन्द्र काफ्ले, वडा नं. ११ बाट भोजबहादुर महतो तथा वडा नं. १२ बाट अमृता पौडेल र सुरेन्द्र ढुंगाना, वडा नं. १३ बाट लोकमाया खत्री र गोकुलप्रसाद पौडेल, वडा नं. १४ बाट जुक्तकुमारी पौडेल र भीमप्रसाद रेग्मी, वडा नं. १५ बाट सरस्वती तिमिल्सिना र विजय खराल तथा वडा नं. १७ बाट तुलकुमारी थापा र अम्बिका भट्टराई निर्वाचित भएका छन् ।

वडा नं. १८ बाट टंकमाया सोती र लालसिं सारु सदस्यमा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?