Comments Add Comment

लघु चलचित्र ‘खेदा’ सार्वजनिक

लिम्बु समुदायको विवाह तथा पालाम संकृतीमा आधारित लघु चलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ । भूतपूर्व लाहुरेकी पत्नीले श्रीमान्को मरणोपरान्त पेन्सन थाप्न जाँदा आफ्नो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्ता गरेको बिषयबाट यो लघु चलचित्रलाई सुरु गरिएको छ ।

विवाहको संकृतीलाई नजिकबाट वुझाउन खोजिएको लघु चलचित्रमा लिम्बु जातीको धाननाचलाई पनि प्रस्तुत गरिएको छ । भिडियोमा पटकथा तथा संवाद देवेन्द्र खापुङ सुर्केलीको छ । यो लघु चलचित्रको मुख्य भूमिकामा रुकमान लिम्बु र सबनम लिम्बुको अभिनय छ ।

साथमा उनीहरुलाई यासेली योङहाङ लिम्बु, मनु थक्लुङ लिम्बु, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बु, निर्मला तावा, नितुरानी नेम्वाङ लगायतले पनि अभिनयमा साथ दिएका छन् । यो चलचित्रमा याक्थुङ केलाङ समुह र फेदाप केलाङ समुहको च्याब्रुङ नृत्य रहेको छ भने वुद्ध थापाको छायांकन छ ।

विकास दाहालको सम्पादन रहेको चलचित्रमा लोकेन सावाको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment