Comments Add Comment

अष्ट्रेलियाको न्यु साउथ वेल्समा १५ जना नेपाली कोरोना संक्रमण

२३ असार, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा हालै बढेको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरमा १५ जना नेपाली संक्रमित भएका छन् ।

नेपालीज अस्ट्रेलियन एसोसिएसनले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै यहाँको स्वास्थ्य विभागकी एक अधिकारी मेरियम गेलले संक्रमित हुने १५ जना नेपाली युवाहरु रहेको बताइन् । कोरोनाको दोस्रो लहरमा संक्रमित भएका उनीहरुमध्‍ये अधिकांश वृद्ध स्याहार केन्द्रमा कार्यरत थिए ।

उनले महामारीको समयमा नेपाली समुदाय र सदस्यहरुले धैर्यतापूर्वक जनस्वास्थ्यका मापदण्डहरुलाई पालना गरेर यो कठिन परिस्थितिको सामना गर्दै संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी थिइन् ।

मारियमले अष्ट्रेलियामा कोरोना संक्रमण बढिरहेकाले कोरोनाको सामान्य मात्र लक्षण देखिँदा र संक्रमितसँग हिमचिम भएको शंका लागे पनि तुरुन्त परीक्षण गराउन सबैलाई आग्रह गरेकी थिइन् ।

उनले कोरोना परीक्षण गर्ने र आइसोलेसनमा बस्दा खानपिन, औषधि, चिकित्सक र आवासको समस्या भएका मानिसलाई सरकारले सहयोग गर्ने बताइन् ।

मेरियमले कोरोना खोप कार्यक्रमको प्राथमिकतामा अस्पताल र वृद्ध स्याहार केन्द्रमा काम गर्ने कर्मचारीका साथै उनीहरुको परिवारका सदस्य पनि रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment