+
+

सिड्नीमा लकडाउनमा पनि रोकिएन कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते १३:३५

२४ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नी सहरमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि एक सातादेखि लकडाउन गरिए पनि संक्रमण भने रोकिएको छैन ।

बिहीबार न्यु साउथ वेल्स राज्यमा ३८ नयाँ संक्रमित थपिएका छन् । यससँगै डेल्टा भेरियन्टको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या पनि ३७० पुगेको छ ।

न्यु साउथ वेल्सका अधिकारीहरुले घरमै भेटघाट गर्ने मानिसहरुको कारण संक्रमण बढिरहेको बताएका छन् । मानिसहरुलाई मापदण्ड कडाइका साथ पालना गर्न सम्बन्धित निकायले आग्रह गरेको छ ।

‘यो लकडाउनले काम गर्न हामी सबैले आफ्नो चहलपहल रोक्नुपर्छ’, न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले भनिन् । बिहीबार न्यु साउथ वेल्समा पछिल्लो १४ महिनायताकै सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् ।

प्रिमियर बेरेजिक्लियानले मानिसहरुलाई आफ्नो परिवारभन्दा बाहिरका मानिसलाई घरमा नै गएर भेट्ने काम बन्द गर्न आग्रह गरेकी छिन् । त्यस्तै कोरोनाको लक्षण देखिएका मानिसहरु समुदायमा हिँडिरहेकाले पनि संक्रमण फैलिएको उनको भनाइ छ ।

–एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?