Comments Add Comment

पहिरोले स्याङ्जामा सिद्धार्थ राजमार्ग अवरूद्ध

तस्वीर : जिल्ला प्रहरी कार्यालय स्याङ्जा

२४ असार, काठमाडौं । बिहीबार दिउँसो गएको पहिरोले स्याङ्जामा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । दिउँसो सवा २ बजे पुतलीबजार नगरपालिका- ४ गौतमडाँडास्थित सिद्धार्थ राजमार्गमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।

सो क्षेत्रमा अविरल वर्षाका कारण पहिरो गई राजमार्ग अवरुद्ध भएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । अवरुद्ध सडक खुलाउन पुतलीबजार नगरपालिका र सडक विभागसँगको सहकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment