२६ असारऽ काठमाडौं । इटलीका डिफेण्डर लियोनार्दो बोनुचीले वेम्वलीमा खेल्न नडराउने बताएका छन् ।
युरोकप २०२० अन्तर्गत आइतबार लण्डनस्थित वेम्वली स्टेडियममा इंग्ल्याण्ड र इटलीबीच उपाधि भिडन्त हुँदैछ ।
इंग्ल्याण्डसँग उसैको घरमा खेल्न नडराएको बोनुचीले बताएका हुन् ।
‘त्यहाँ धेरै इंग्लिस दर्श भएता पनि यसले हामीलाई अतिरिक्त प्रेरणा दिनेछ’ बोनुचीले भने ।
इटलीले पहिलो सेमिफइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । इंग्ल्याण्डले भने दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा हराएको थियो ।
वेम्वली स्टेडियमा फाइनलका लागि करीब एक हजार इटालियन फ्यान्सलाई अनुमति दिइने बीबीसीले उल्लेख गरेको छ ।
युभेन्ट्सबाट खेल्ने ३४ वर्षीय डिफेण्डर बोनुचीसँगै ३६ वर्षीय सेन्टर ब्याक जर्जियो किलिएनीले इटलीको डिफेन्स लाइन सम्हाल्नेछन् । इंग्लिस टिममा खेलाडीको औसत उमेर २५ वर्ष छ ।
बोनुचीले यस खेललाई योङ्गस्टर भर्सेस ओल्ड मेन समेत भनेर जोक गरेका छन् ।
इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले १९ वर्षीय बुकायो साका र २१ वर्षीय जाडोन सान्चोलाई अट्याकमा खेलाउन सक्छन् ।
‘उनीहरुको अट्याक धेरै बलियो छ । हामीले उनीहरुप्रति र पूरा टिमप्रति नै विशेष निगरानी राख्नुपर्छ’ बोनुचीले भने, ‘हामीलाई उनीहरुले पेश गर्ने चुनौतीको बारे थाहा छ र उनीहरुको गतिप्रति पनि हामी सजग हुनुपर्छ ।’
प्रतिक्रिया 4