Comments Add Comment

सिंहदरबार घेर्न गएका नागरिक अभियन्ता पक्राउ (फोटो फिचर)

२७ असार, काठमाडौं । नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला नारायण वाग्ले, खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, श्रवण मुकारुङ,  राजेन्द्र महर्जन, विमल अर्याल, गाेविन्द छन्त्याल, अनुभव अजित, अरुणदेव जोशी, निर्ग नवीन, शशी विक्रम कार्की, अरुण थापा, नवीन तिरुवा, बसन्त छिपा, अर्चना थापा, प्रणेतालगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

स्वास्थ्यलगायतका क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताबारे खबरदारी गर्ने नागरिक आन्दोलनले आयोजना गरेको ‘सिंहदरबार मार्च’मा विभिन्न क्षेत्रका नागरिक अगुवाहरुको उपस्थित छ । अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
विकास श्रेष्ठ

ट्रेन्डिङ

Advertisment