+
+

सञ्चार विधेयक फिर्ताको माग गर्दै लुम्बिनी प्रदेशसभा अगाडि महासंघको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १४:१७

२७ असार, बुटवल । सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखनको माग गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेशसभा अगाडि धर्ना दिएको छ ।

प्रदेश सरकारले दर्ता गरेको विधेयक प्रेस स्वतन्त्रता विरोधी र निरंकुश रहेको भन्दै महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । विधेयकबारे सबै प्रदेशसभा सदस्यहरुको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदेशसभा बैठक शुरु हुनु एक घण्टा अघि दिउँसो १२ बजेदेखि १ बजेसम्म महासंघले कालो ब्यानरसहित धर्ना दिएको हो ।

धर्नापछि बोल्दै पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीले विधेयकको मस्यौदामा राखिएका सञ्चारमाध्यम दर्ता, नवीकरण बन्द, सञ्चार परिषद् गठन, दण्ड जरिवानाका दफाप्रति महासंघको आपत्ति रहेकाले पुनर्लेखन गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताए ।

विधेयकमा सञ्चार रजिष्ट्रारले सञ्चारमाध्यमको दर्ता नवीकरण बन्द गर्नसक्ने, पत्रकारलाई कार्यक्रम प्रसारण गरेवापत एक वर्ष कैद सजाय तोक्न सक्ने जस्ता संघीय कानून विपरीतका प्रावधान रहेकाले महासंघले विधेयक स्वीकार नगर्ने बताए ।

सञ्चार परिषद्को अध्यक्षमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री र अधिकांश सदस्यहरू पनि मन्त्रालयका सचिवहरू रहने प्रस्ताव गरिएको छ । परिषद्लाई सरकारको नियन्त्रणमा राखेर स्वतन्त्र र व्यावसायिक पत्रकारितालाई निरुत्साहित गर्ने सरकारको निहीत उद्देश्य रहेको महासंघको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?