Comments Add Comment

कैलालीको भजनीमा उपप्रमुखले गरिन् नगर कार्यपालिका बैठक बहिस्कार

२७ असार, धनगढी । कैलालीको भजनी नगरपालिकामा उपप्रमुख छाया देवकोटासहितका जनप्रतिनिधिहरुले नगर कार्यपालिकाको बैठक बहिस्कार गरेका छन् ।

वडास्तरबाट योजना तर्जुमा नै नगरेर बहुमतका आधारमा अगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याइएको बजेट पारित गर्ने रणनीतिपछि कार्यपालिकाको बैठक बहिष्कार गरिएको उपप्रमुख देवकोटाले बताइन् ।

उनकाअनुसार वडा नम्बर १ का अध्यक्ष रविन थापा, वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरी र वडा नम्बर ५ का अध्यक्ष केशव बहादुर बुढाले पनि बैठक बहिस्कार गरेका छन् ।

उनीहरुले कार्यपालिकाको माइन्युटसमेत कब्जामा लिएका छन् । नगर प्रमुख शेरबहादुर चौधरीले बहुमतको आडमा बजेट पारित गर्न खोजेको आरोप उनीहरुको छ। त्यसका लागि सोमबार बिहान १० बजे नगरसभा बोलाइएको छ ।

नेकपा माओवादी केन्द्रबाट उपप्रमुख बनेकी देवकोट हाल नेकपा एमालेमा प्रवेश गरेकी छन् । एमाले प्रवेशपछि माओवादी केन्द्रले उनलाई कारवाही गरेको थियो ।

कारवाहीपछि पदमुक्त भएकी देवकोटालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्दै उपप्रमुखका रुपमा काम गर्न दिन आदेश दिएको थियो । तर नगरपालिकाले देवकोटालाई अझै अधिकार नदिएको आरोप उनले लगाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment