+
+
Shares

मर्स्याङ्दी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

रासस रासस
२०७८ असार २८ गते १६:५७

२८ असार, मनाङ । निरन्तरको वर्षाले मर्स्याङ्दी नदीको बहाब कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले सूचना जारी गर्दै नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो ।

सूचनामा भनिएको छ, ‘यस वर्षको मनसुन अवधि कायमै रहेको हुँदा जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सचेत र सतर्क रहनु हुन जिल्ला विपद् व्यवस्थापन समितिबाट सूचीत तथा अनुरोध गरिन्छ ।’

चामे गाउँपालिका– ४, ५ र नासो गाउँपालिका– १ को तालगाउँ नदीकै किनारमा रहेकाले विशेष सतर्कता अपनाउन भनिएको हो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, ‘नासो १ तालगाउँ मर्स्याङ्दी नदी किनारमै छ । यहाँ विशेष सावधानी अपनाउनुपर्छ । सिरान क्षेत्रमा भीषण वर्षा भएकाले खोलाको बहाबको जोखिम रहेकाले तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन आग्रह गर्दछु ।”

जिल्लामा गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिराले सयौँ घरपरिवार विस्थापन भएका छन् । यहाँका सार्वजनिक र निजी संरचनामा बाढीपहिराले ठूलो क्षति पुर्‍याएको छ । जिल्ला अहिले सडक सञ्जालदेखि विद्युत् र इन्टरनेट सेवालगायतबाट वञ्चित छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?