+
+

‘राष्ट्रिय जनमोर्चा आजै सरकारमा जाने सम्भावना कम’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते ११:३६

२९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा आजै सरकारमा सहभागी हुने सम्भावना कम रहेको सो पार्टीकी उपाध्यक्ष दूर्गा पौडेलले बताएकी छन् । पार्टीको बैठक नै नबसेकाले सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ ।

उपाध्यक्ष पौडेलले अनलाइनखबरसँग भनिन्, ‘पार्टीको बैठक सायद भोलि बस्छ होला । त्यसपछि संस्थागत निर्णय होला । आजै चाहिं सरकारमा जाने सम्भावना कम छ ।’ सोमबार बसेको विपक्षी गठधबन्धनको बैठकमा पनि उपाध्यक्ष पौडेलले सरकारमा सहभागी हुने/नहुने भनेर पार्टीले केही निर्णय नगरेको बताएकी थिइन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रीमण्डलसहित प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् । पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको बारेमा देउवा बिहानैदेखि परामर्शमा व्यस्त छन् ।

विपक्षी गठबन्धनको माओवादी केन्द्रले पनि स्थायी कमिटीको बैठकबाट निर्णय लिंदै छ भने जसपाको उपेन्द्र यादव पक्षले दिउँसो १ बजे केन्द्रीय कार्यकारिणी समितिको उपलब्ध सदस्यहरुको बैठक बोलाएको छ ।

एमालेको माधव नेपाल पक्ष भने विपक्षी गठबन्धनबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?