+

राष्ट्रिय फुटबल टिमको क्याम्पबाट १४ खेलाडी बाहिरिए

२०७८ असार  ३० गते १२:३९ २०७८ असार ३० गते १२:३९
राष्ट्रिय फुटबल टिमको क्याम्पबाट १४ खेलाडी बाहिरिए

३० असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमको क्यालोज क्याम्पबाट १४ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीले क्याम्पमा रहेका ५० खेलाडीबाट ३६ खेलाडी छनोट गरेका छन् ।

आगामी सेप्टेम्बरमा हुने भनिएको साफ च्याम्पियनसिप र अर्को वर्ष हुने एसियन कपको अन्तिम चरणको छनोटका लागि नेपालले अहिले प्रशिक्षण गरिरहेको छ ।

अलमुताइरीले सुरुमा ५० खेलाडीलाई क्याम्पमा बोलाएका थिए । त्यसबाट ३६ खेलाडी छनोट गरिएको हो ।
प्रशिक्षणबाट बाहिरिने खेलाडीहरुमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, दोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङदम्बे, शिशिर लेखी र सुदिल राई छन् ।

गोलकिपर विशाल नेपालले पछिल्लो पटक कुवेतमा विश्वकप छनोटका खेल खेल्दा टिममा थिए । पहिलो पटक टिममा परेका उनले डेब्यु गर्न भने बाँकी छ । यस्तै दर्शन गुरुङ, मिक्छेन तामाङ, निशान खड्का, रवि पासवान र सेसेहाङ आङदम्बेले पनि नेपालका लागि खेलिसकेका छन् ।

मिडफिल्डर विक्रम लामाले पनि प्रशिक्षण गरिरहेका छन् । उनी कतरमा उपचार गराएर आएपछि अलमुताइरीले प्रशिक्षणका लागि बोलाएका हुन् । सूचीङ्गा उनको नाम नभए पनि उनी पूरा फिट भए राष्ट्रिय टिममा राख्न सकिने सम्भावना छ ।

प्रशिक्षणमा रहेका ३६ खेलाडी

किरण कुमार लिम्बु
दिप कार्की
विकेश कुथु
विशाल श्रेष्ठ
अर्पण कार्की
आशिस लामा
अभिषेक रिजाल
अनन्त तामाङ
अन्जन विष्ट
एरिक विष्ट
आयुष घलान
भरत खवास
विशाल राई
दिनेश राजवंशी
गौतम श्रेष्ठ
जर्ज प्रिन्स कार्की
कमल थापा
मनिस डाँगी
नवयुग श्रेष्ठ
नितिन तापा
प्रका शबुढाथोकी
पुजन उपरकोटी
राजन गुरुङ
राजीव लोप्चन
रनदिप पौडेल
रन्जित धिमाल
रोहित चन्द
संजोग राई
सन्तोष तामाङ
सुजल श्रेष्ठ
सुमन अर्याल
सुमन लामा
सुनिल बल
सुरजज्यु ठकुरी
तेज तामाङ
त्रिदेव गुरुङ

नेपाली फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय