Comments Add Comment

सुशिललाई कस्तो स्क्रिप्टको खाँचो छ ?

चलचित्र ‘होस्टेल रिटन्र्स’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा नायक सुशिल श्रेष्ठप्रति चलचित्रकर्मी, मिडियाकर्मी र दर्शकको आशा थियो । सिक्स प्याक ज्यान देखाएर शहरका भित्तामा निर्माताले सुशिलको पोष्टर टाँसेका थिए । उनको यही तस्वीरले हलसम्म दर्शक आउने अपेक्षा उनको थियो । सुशिल पनि आफू नेपाली चलचित्र क्षेत्रमा नयाँ ढंगले उदाएको सोच राख्दै यही क्षेत्रमा बलियो रुपमा पकड जमाउने दाउमा थिए ।

तर, कथाले अर्कै मोड लियो । न त निर्माताले सोचे जस्तो भयो न त सुशिलले नै सोचे जस्तो भयो ।

दर्शकले सुशिलको शरीरलाई भन्दा नाजिर हुसेनको अभिनयलाई मन पराए । यसपछि भने सुशिल चलचित्र क्षेत्रमा स्थापित हुनका लागि निरन्तर संघर्षमै छन् । उनले अभिनय गरेका कुनै पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न नसक्दा उनको क्रेज बलियो बन्न सकेको छैन ।

उनै, सुशिलले आफ्नो शरीरलाई मेन्टेन गर्न भने छाडेका छैनन् । कहिले लभ स्टोरी त कहिले सरोगेसीको कथामा बनेको चलचित्रमा उनी काम गरिरहेका छन् । उनलाई यो क्षेत्रमा स्थापित हुनका लागि चलेको ब्यानर र राम्रो कथाको खाँचो छ ।

निरन्तर चलचित्र असफल हुँदा यो क्षेत्र नै छाड्ने सोच समेत बनाएका सुशिललाई कोरोनाको महामारी कम भएपछि चलचित्र क्षेत्रले कस्तो रुपमा देख्न पाउला यो भने भोलीको दिनमा नै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment