+
+

कञ्चनपुरमा वन्यजन्तु तस्करी गरेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १८:४१

३० असार, धनगढी । कञ्चनपुरमा तस्करी गर्ने उद्देश्यले वन्युजन्तु मारेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

कृष्णपुर नगरपालिका–७ कलुवापुर क्षेत्रबाट सुन गोहोरो जस्तो देखिने वन्यजन्तु मारेर ल्याइरहेको अवस्थामा सव डिभिजवन वन कार्यालय पिपरैयाले दुुई जनालाई पक्राउ गरेको हो ।

सब वन डिभिजन वन कार्यालयका रेन्जर महेश सिहले विशेष सूचनाका आधारमा कृष्णपुर नगरपालिका-७ कलुवापुरका र्बिबु राना र सुरेश रावतलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सव डिभिजन वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?