Comments Add Comment

बर्षायाममा आहार : के खाने, के नखाने ?

बर्षायाममा छालाको संक्रमण, अपच, पखला जस्ता समस्याले पनि सताउँछ । भनिन्छ, यतिबेला हाम्रो पाचन यन्त्र पनि कमजोर हुन्छ । त्यसैले कतिपयले माछा–मासु सेवन गर्दैनन्, यसबेला । आर्युवेदका अनुसार बर्षा ऋतुमा सूर्य उत्तरायण हुन्छ, जसको प्रभाव मानव शरीरमा पनि पर्छ । त्यसैको प्रभावले शरीर कमजोर हुन्छ, पेट सम्बन्धी समस्या हुन्छ ।

बर्षायाममा ग्याष्ट्रिकको संभावना पनि बढी हुन्छ । पित्त दोषको संचय हुन्छ, जसले शरीरमा कतिपय समस्या निम्त्याउन सक्छ । त्यसैले बर्षायाममा खानपान र जीवनशैली सन्तुलित एवं स्वस्थ्य हुनुपर्छ ।

बर्षायाममा पिउने पानी सामन्यभन्दा बढी भारी हुन्छ, जसले शरीरको मोटाबोलिज्मलाई कमजोर बनाउँछ । यस समयमा भोक पनि कम लाग्छ । यहि कुरालाई ध्यानमा राखेर यस्तो आहार सेवन गरौ ।

-हल्का तथा सादा खानेकुरा सेवन गरौ । चामल, जौ, गहुँ आदिबाट बनेको आहार लिनुपर्छ ।

-गाइको घिउ, कम वोसोयुक्त मासु, दाल, हरियो चना, चामल तथा गहुँबाट बनेको व्यान्जनलाई आफ्नो नियमित आहारमा सामेल गरौ ।

-खानासँग थोरै बीरे नुन र अदुवा आवश्य सेवन गरौ ।

-सकेसम्म उसिनेको सब्जी सेवन गरौ ।

– उमालेर सेलाएको पानीमा मह हालेर सेवन गरौ ।

-काँचो खानेकुरामा परहेज गरौ । यो सिजनमा सलाद त्यती लाभदायक मानिदैन ।

– धेरै पेय पदार्थ पिउनबाट बचौं ।

कस्तो हुनुपर्छ दिनचर्या

आहारका साथै सहि दिनचर्या पनि एकदमै जरुरी छ । बर्षाको मौसम आएपछि आफ्नो दिनचर्यामा यस्तो परिवर्तन आवश्यक हुन्छ ।

-दिउँसो सुत्न हुँदैन । यसले पाचन यन्त्रलाई असर गर्छ र मोटाबोलिज्मलाई धीमा गर्छ ।

-आफ्नो आसपासको क्षेत्रमा सधै सफा राखै । कहि पनि पानी जम्न नदिने ।

-जब शरीरको तापमान कमजोर हुन्छ, भाइरसले तिब्र आक्रमण गर्छ । शरीरलाई सधै न्यानो राखौ ।

-फोहोर पानीबाट बचौ । खुट्टालाई ओसिलो राख्न हुँदैन ।

– घर बाहिर घाममा धेरै समय बस्नु तथा काम गर्नु हुँदैन । मध्यन्हको समय बाहिर निस्कनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment