Comments Add Comment

करिनाको ‘प्रेग्नेन्सी बाइबल’ विवादमा

बलिउड नायिका करिना कपुरको पुस्तक सार्वजनिक भएको ५ दिनमै विवादको घेरामा परेको छ । महाराष्ट्रको बीड शहरमा रहेको ओमेगा क्रिश्चियन महासंघका अध्यक्ष आशिष सिन्देले करिनासहित २ व्यक्तिमाथि धार्मिक भावनामा आहात पारेको आरोपमा प्रहरीमा उजुरी दिएका छन् ।

भारतीय मिडियाका अनुसार, ‘बाइबल’ शब्दले मानिसहरुमा असन्तुष्टी पैदा गरेको छ । करिनाले ५ दिन अगाडि मात्र ‘प्रेग्नेन्सी बाइबल’ नामक पुस्तक सार्वजनिक गरेकी थिइन् ।

यो पुस्तकको शिर्षकमा समावेश ‘बाइबल’ले इसाई समुदायको धार्मिक भावनामा ठेस पुर्याएको आरोप लागेको छ । करिनाले पुस्तकको बिषयमा भनेकी छिन्–‘मेरो गर्भावस्था र प्रेग्नेन्सी बाइबल, एउटै यात्रा रहेको छ । केही राम्रा दिन र केही खराब दिन थिए । गर्भवती भएको छोटो समयमा नै म काममा जानका लागि आतुर थिए । तर, म आफ्नो वेडबाट उठ्न पनि समस्या भोगिरहेकी थिएँ । यो पुस्तकले मेरो गर्भावस्थाको समयको शारीरिक र मानसिक भावनालाई बताउँछ । यो व्यक्तिगत विवरण हो । कैयौ कारणले यो पुस्तक मेरो तेश्रो सन्तान हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ती ओली, यी देउवा

Advertisment