+

राष्ट्रपतिले गरिन् टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीलाई बिदाई

२०७८ असार  ३१ गते १८:१६ २०७८ असार ३१ गते १८:१६
राष्ट्रपतिले गरिन् टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीलाई बिदाई

३१ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुसँग बिदाई भेट गरेकी छन् ।

शीतल निवासमा बिहीबार राष्ट्रपति भण्डारीले जापानमा हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने टोलीलाई शुभकामना दिंदै बिदाई गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विश्व खेलकुदको महाकुम्भ ओलम्पिक यही जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुँदैछ । ओलम्पिकमा सहभागी हुन नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २६ सदस्यीय टोली टोकियो जाँदैछ ।

नेपालबाट यसपटक पौडीका दुई, एथ्लेटिक्स, सुटिङ र जुडोका एक एक खेलाडीले सहभागिता जानाउने पक्का भएको छ ।

पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स), सुटिङकी कल्पना परियार, जुडोका सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल रहेका छन् ।

पौडीका दुई र एथ्लेटिक्सका एक जना खेलाडीले ‘युनिभर्सियालिटी प्लेस’ अन्तर्गत छनोट भएका हुन् भने अन्य दुई खेलाडी वाइल्ड कार्डमार्फत ओलम्पिक खेल्ने भएका हुन् ।

गौरिका सिंह र एलेक्जेन्डर शाहले ओलम्पिकको मार्चपासमा नेपालको झण्डा संयुक्त रुपमा बोक्नेछन् । गौरिका र एलेक्स अनी पौडी प्रशिक्षक हाल जापानमै छन् । विशेष प्रशिक्षणका लागि उनीहरु तोकुसिमोमा छन् ।

यस्तै टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।

टोकियो ओलम्पिक विद्यादेवी भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय