+
+

देशभर ७६.४४ प्रतिशत भूभागमा रोपाइँ सकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १८:३३

१ साउन, काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । असार ३१ गतेसम्म यो वर्ष १० लाख ४८ हजार ५०७.१७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको कृषि विभागले जनाएको छ ।

जुन, देशभर कुल धान रोपाइँ हुने क्षेत्रफलको ७६.४४ प्रतिशत हो । देशभर १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । गत वर्ष सोही अवधिमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ८१.८५ प्रतिशत अर्थात् ११ लाख १९ हजार ९१.२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।

कृषि विभागका अनुसार यस वर्ष प्रदेश दुईको रोपाइँमा निकै ढिलाइ देखिएको छ । असारको अन्तिम दिनसम्म प्रदेश एकमा ६४.४८, प्रदेश दुईमा ६८.५४ र बागमती प्रदेशमा ७८.३५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।

यस्तै गण्डकी प्रदेशमा ७२.४०, लुम्बिनी प्रदेशमा ८६.९४ र सुदूरपश्चिम प्रदेशमा ७६.४४ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।

कर्णालीमा सकियो

यो वर्ष असार ३१ गतेसम्म  कर्णाली प्रदेशमा धान रोपाइँ सकिएको छ । प्रदेशमा गतवर्ष तीन लाख ८३ हजार ८५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ ।

यसवर्ष असार मसान्तसम्म गत वर्षजति क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ ।

प्रदेश दुईमा अधिक ढिलाइ

धानको मुख्य पकेट क्षेत्र प्रदेश दुईमा धान रोपाइँमा अहिलेसम्मकै ढिलाई भएको विभागले जनाएको छ । गत वर्ष असार ३१ गतेसम्म तीन लाख चार हजार ९७७.७५ ८३.४१ हेक्टर क्षेत्रफलमा प्रदेश दुईमा रोपाइँ भएको थियो ।

सो प्रदेशमा यस वर्ष दुई लाख ५० हजार ५८२ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । गत वर्षमा भन्दा  १४.८७ प्रतिशतले कमी हो ।

पानी बढी परेर खेतमा पानी अधिक जमेका कारण केही ठाउँमा रोपाइँ प्रभावित भएको र केही स्थानमा ढिला रोपाइँ हुने धानको बिउका कारण रोपाइँ कम भएको विभागका सूचना अधिकारी डा. महादेव पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?