Comments Add Comment

जब प्रियंका-अक्षयको बोल्ड फोटोसूटले तहल्का मच्यायो

त्यसो त प्रियंका चोपडा ‘ग्लोबल स्टार’ बनिसकेकी छिन् । करोडौं कमाई गर्ने प्रियंकाले १८ बर्षको उमेरमै मिस वल्र्डको ताज जितेकी थिइन् ।

सन् २००३ मा उनले हिन्दी सिनेमा गरिन्, अंदाज । उनीसँगै अक्षयकुमार मूख्य भूमिकामा थिए । सोही बखत अक्षयसँग उनको अनस्क्रिन रोमान्सले तहल्का मच्याइयो । पहिलो फिल्मबाटै उनले चर्चा बटुलिन् । उनीसँगै यस फिल्ममा लारा दत्तले पनि प्रवेश गरेकी थिइन् ।

यस फिल्मबाट प्रियंका चोपडाले फिल्मफेयर बेस्ट सहायक अभिनेत्रीको पुरस्कार जितिन् । ‘अंदाज’को एक गीतमा उनले निकै बोल्ड दृश्य पस्किइन् । गीत थियो, आएगा मजा अब बरसात का ।

यस गीतमा अक्षयसँग उनले निकै कामुक दृश्य दिइन् । सोही बेला प्रियंका र अक्षयको फोटोसूट पनि सार्वजनिक गरियो ।

अक्षयसँग पहिलो फिल्म सुपरहिट

प्रियंका चोपडाले आफ्नो करियरमा चालिस भन्दा बढी फिल्म खेलिसकेकी छिन् । उनका थुप्रै फिल्म बक्स अफिसमा सुपरहिट भइसकेको छ । प्रियंकाले आफ्नो डेब्यु फिल्म ‘अंदाज’सँगै आफुलाई बलिउडकी हिट अभिनेत्रीको पंक्तिमा उभ्याइन् ।

त्यसबेला ‘अंदाज’ले बक्स अफिसमा भारु १६ करोड कमाई गरेको थियो । अक्षय कुमारका साथ प्रियंकाको जोडी पहिलो पटकमै सुपरहिट भयो । त्यसपछि उनीहरुको जोडी अन्य पाँच फिल्ममा लगातार देखिए । ऐतराज, मुझसे शादी करोगी आदि ।

प्रियंका र अक्षयको कन्ट्रोभर्सी

प्रियंकाले एकतर्फ अक्षयकुमारसँग पर्दामा सुपरहिट फिल्म दिइरहेका थिइन् । अर्कोतर्फ निजी जिन्दगीमा प्रियंकाको नाम अक्षयकुमारसँग जोडिएको थियो । के पनि हल्ला चलेको थियो भने, प्रियंका र अक्षयकुमार छायांकन स्थालमा थिए । त्यहाँ अचानक अक्षय पत्नी ट्वींकल खन्ना पुगिन् । ट्वंकल र अक्षयबीच भनाभन नै चल्यो ।

फेरी कहिल्यै एकसाथ देखिएनन्

प्रियंका र अक्षयबीच अफेयरको खबरले त्यसबेला गसिप बजार तताएको थियो । पत्रपत्रिकामा उनीहरुको अफेयरको चर्चा हुन्थ्यो । जब छायांकनस्थालमा उक्त घटना भयो, त्यसपछि प्रियंका र अक्षय एकसाथ कहिल्यै काम गरेनन् ।

त्यसो त यसबीचमा प्रियंकाको नाम अन्य अभिनेतासँग पनि जोडिएर आयो । उनको प्रेम–रोमान्सको खबरले बेलाबखत हलचल मच्याइरह्यो । बलिउड बादशाह शाहरुखसँग समेत उनको नाम जोडियो । विदेशमा उनीहरु एकसाथ छायांकन गरिरहेका थिए । सोही वखत त्यहाँ शाहरुख पत्नी गौरी पुगिन् । त्यहाँ पनि उनीहरुको लफाडा भयो ।

लामो समयसम्म प्रियंका अविवाहित रहिन् । आखिरमा उनले आफुभन्दा कम उमेरका अमेरिकन गायक, अभिनेता निक जोनससँग विवाह गरिन् । यहाँसम्म आइपुग्दा उनले बलिउडसम्मको यात्रा तय गरिसकेकी थिइन् । ऋतिक, सलमान, रणवीर कपूरसँग प्रियंकाले आफ्नो करियरमा ब्लकबस्टर फिल्म दिइन् ।

हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता

संघर्षरत अवस्थामा बलिउडमा कति सास्ती खेप्नुप¥यो ? शक्तिको आडमा निर्देशक-अभिनेताले कसरी स्वार्थ लुट्ने चेष्टा गरे ?

यस सम्बन्धमा अभिनेत्री प्रियंका चोपडाले मनको पोकोपन्तुरो खोलेकी थिइन् ।

कहिले हिरोको त कहिले निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता रहेको प्रियंका चोपडाले खुलाएकी थिइन् । उनले भनेकी छिन्, ‘गर्लफ्रेन्ड बन्न नसक्दा म धेरै फिल्मबाट निकालिएँ ।’ अतः उक्त भुमिका नायक र निर्देशकमध्येको गर्लफ्रेन्डले पाउने गरेको उनले बताएकी छिन् ।

बलिउडमा अभिनेत्रीहरु ठगिएको पनि उनको गुनासो थियो । बलिउडमा महिला र पुरुषबीच पारिश्रमिकबीच निकै भेदभाव रहेको उनको भनाइ छ ।

प्रियंकाको उडान

अमेरिकाको टाइम म्यागजिनले विश्वकै सय प्रभावशाली महिलामा प्रियंका चोपडालाई पनि सूचिकृत गरेको थियो, सन् २०१७ मा ।

प्रियंका चोपडालाई चिनाउने यस्ता अनगिन्ती विशेषण छन् । जस्तो कि, उनी बलिउडकै सर्वाधिक चर्चित अभिनेत्रीमध्येकी एक हुन् । गायनमा पनि उनको बेग्लै छाप छ । हलिउडमा समेत उनको प्रभाव छ । केही हलिउड फिल्ममा अभिनय गरिसकेकी उनी परोपकारी काममा पनि उत्तिकै सक्रिय छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment