Comments Add Comment

शिल्पा सेट्टीका श्रीमानमाथि पोर्न फिल्म बनाउने र बेच्ने आरोप, मध्यरातमा पक्राउ

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् । पोर्न फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेका हुन् ।

मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनीमाथि क्राइम ब्रान्चले वयान लिएको थियो । वयानपछि उनलाई पक्राउ गरिएको हो ।

राजले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । त्यती मात्र होइन, उनले ति अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको छ । उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको छ ।

प्रहरी राज कुन्द्राको घरमा समेत पुगेर सोधीखोजी गरिरहेका छन् ।

इमेलको माध्यामबाट उनी अश्लिल भिडियो विदेशमा पठाउने गर्थे । त्यसपछि विदेशबाटै ओटीटी प्लेटफर्ममा अपलोड गरिन्थ्यो । मुम्बई क्राइम ब्रान्चले धेरै अघिदेखि नै उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । प्रहरीका अनुसार उनले यो धन्दा चलाएको यथेष्ट प्रमाण फेला परिसकेको छ ।

यस आरोपमा उनीसहित ११ जना पक्राउ परेका छन् । प्रहरीले उनको सम्पतिको पनि खोजतलास गरिरहेको छ ।

राज कुन्द्राले आफ्नो कम्पनीका लागि १० करोड लगानी गरेको

मुम्बई क्राइम ब्रान्चका अनुसार राजको विरुद्ध यसै बर्ष फेब्रुअरीमा उजुरी परेको थियो । राज कुन्द्राले पोर्न फिल्म उद्योगका लागि ८ देखि ८० करोड भारु लगानी गरेको पाइएको छ । राज कुन्द्रा र उनका ब्रिटेनमा रहेका भाईले त्यही केनरिन नामको एक कम्पनी बनाएका छन् । फिल्मको भिडियो भारतमा सुट हुन्थ्यो र ब्रिटेनमा ट्रान्सफर हुन्थ्यो । यो कम्पनी कुन्द्राले नै बनाएको र विदेशमा दर्ता गरेका थिए ताकि भारतको साइबर ल बाट बच्न सकियोस् ।

कसरी पत्ता लाग्यो ?

मुम्बई पुलिसले फेब्रहरीमा अभिनेत्री गहना विशिष्ठसहित ६ जनालाई पक्राउ गरे । पछि तीन जना अरु पक्राउ परे । उनीहरुलाई कथित रुपमा अभिनेत्रीलाई अश्लिल फिल्मका लागि न्यूड सीन सुट गर्नका लागि बाध्य पारिएको आरोप लगाइएको थियो ।

साथसाथै के पनि खुल्यो भने सुट गरिएको फिल्मलाई पेड मोवाइल एप्लिकेशनमा सार्वजनिक गरिएको थियो । यस घटनामा प्रहरीले उमेश कामतलाई पक्राउ ग¥यो । त्यहीबाट प्रहरीले थाहा पायो कि, यो धन्दाभित्र राज कुन्द्रा जोडिएका छन् ।

प्रमाण पुष्टि भए कस्तो सजाय मिल्छ ?

राज कुन्द्राले जुन धन्दा चलाइरहेका छन्, त्यसको प्रमाण प्रहरीसँग सुरक्षित रहेको दावी गरिएको छ । यदि उक्त प्रमाण पुष्टि भएमा राज कुन्द्रालाई कस्तो सजाय मिल्छ ?

यस्तो घटनामा अक्सर आरोपी विरुद्ध आइटी एक्ट र आइपीसीको धारामा केस दर्ता गरिन्छ । यदि अदालतले आरोपीलाई दोषी ठहर गरेमा उनलाई केही बर्षसम्मको जेल सजाय हुनसक्छ । यसका आरोपीलाई पहिलो पटक भारु दश लाख रुपैयाँको जरिवाना र पाँच बर्ष जेल सजाय हुने उल्लेख छ ।

पोर्नोग्राफी र पोर्नोग्राफिक सामाग्रीका सन्दर्भमा भारतको कानुन कडा छ । इन्टरनेटको वढ्दो व्यापकता र पहुँचसँगै त्यहाँ आइटी एक्टमा पनि संशोधन गरिएको थियो ।

एन्टी पोर्नग्राफी कानुन

इन्टरनेटको माध्यामबाट अश्लिलताको व्यापार अपार भएको छ । यस्तोमा पोर्नोग्राफी पनि एक ठूलो कारोबार भएको छ । यसमा फोटो, भिडियो, टेक्स्ट, अडियो सामाग्री पर्छ, जुन यौन, यौन कृत्य र नग्नतामा आधारित हुन्छ । यस्ता सामाग्रीलाई विद्युतिय माध्याममा प्रकाशित गर्ने, प्रसारण गर्ने, कसैलाई पठाउने विरुद्ध एन्टी पोर्नग्राफी कानुन लगाइन्छ ।

पुनमसँगको लफडा

त्यसो त यो पहिलो पटक होइन, राज कुन्द्रा विवादित बनेको । यसअघि पनि उनी फन्दामा परिसकेका छन् । उनी बिरुद्ध पुनम पाण्डेले प्रहरीमा उजुरी गरेकी थिइन् ।

पुनम पाण्डेले राज कुन्द्राको कम्पनी आम्र्सप्राईम मिडियासँग एक सम्झौता गरेकी थिइन् । यो कम्पनीले भिन्न भिन्नै एप्सको काम हेर्ने गर्छ । र, पुनम पाण्डे राजको कम्पनीको क्लाइन्ट थिइन् ।

पुनम पाण्डेको उक्त एप एक एडल्ट एप हो र राजको कम्पनीले सोही एपको काम हेर्ने गथ्र्यो । साथसाथै उक्त सम्झौत ८ महिना अघि नै सकिएको थियो । तर, सम्झौतापछि पनि राज कुन्द्राले उनको भिडियो र फोटो प्रयोग गरिरहेपछि पुनमले उजुरी गरेकी थिइन् । उनले कुन्द्रमाथि धोकाधडीको आरोप लगाएकी थिइन् । त्यती मात्र होइन, कुन्द्राको कम्पनीले उसको भिडियो र तस्विरको माध्यामबाट पुनमको नम्बर पनि लिक गरिदिएको थियो, जसपछि उनलाई लगातार अश्लिल म्यासेज आउन थालेको थियो ।

पुनमले भनेकी छिन् राजको कम्पनीले आफ्नो तस्विर र भिडियो बेचेर नै पैसा कमाइरहेका छन् । पुनमले के सम्म भनेकी छिन् भने राज कुन्द्रा सायद आर्थिक समस्यासँग जुधिरहेका छन् ।

राजले भने यो कुराको खण्डन गरेका थिए । तर, अहिले उनी पक्राउ परेपछि भने पुनमको आरोप मेल खाएको छ ।

आइपिएल विवाद

राज कुन्द्रा पटक पटक विवादित बनेका छन् । त्यसमध्ये आइपिएल विवाद पनि एक हो । उनी राजस्थान रोयल्स टिमका सह मालिक थिए । व्यवसायी कुन्द्राले आइपिएल म्याच फिक्सिङ र सट्टेबाजी गरिरहेको आरोप लागेको थियो । अन्ततः उनलाई सट्टेबाजीको दोषी ठहर गरिएको थियो र क्रिकेटसँग जोडिएको कुनैपनि गतिविधिमा भाग नलिन आदेश दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment