+
+
Shares

कांग्रेसले छान्यो तीन मन्त्री, १ बजे सपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १२:२६

८ साउन, पोखरा । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएको छ ।

कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र *विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको हो । शर्मा बाग्लुङ, श्रेष्ठ स्याङ्जा र थापा कास्कीका सांसद हुन् ।

माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

नवनियुक्त मन्त्रीहरुले आजै १ बजे सपथ लिनेछन् ।

गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य छन् ।

(*यसअघि समाचारमा कांग्रेसबाट मन्त्री बन्नेहरुको सूचीमा विन्दु कुमार थापा हुनुपर्नेमा दोबोटे विक भएकाले सच्याइएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?