Comments Add Comment

मड थेरापी : प्रभावकारी प्राचिन उपचार विधी

हिलो–माटो खेलेर हुर्किएका बच्चाहरु बलिया एवं निरोगी हुन्छन् । माटोमा स्वच्छन्द खेल्दा बालबच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउने विभिन्न अध्ययनले पुष्टि गरेको छ । यसैगरी खेती–किसानी गर्नेहरु निरोगी र तगडा हुनुमा पनि उनीहरुको माटोसँगको सम्बन्धलाई लिइने गरिन्छ । उनीहरु हिलो–माटोमा खेल्दै, रमाउँदै नै अन्नबाली लगाउने गर्छन् ।

त्यसो त प्राकृतिक चिकित्सामा माटोको प्रयोग गर्ने एक अलग र विशिष्ठ विधी नै छ । यो यस्तो चिकित्सा पद्धती हो, जो कतिपय रोग निको बनाउनमा प्रभावकारी हुन्छ ।

माटो प्रकृतिको पाँच मूख्य तत्वमामा एक हो, जसको प्रयोग स्वास्थ्य सुधार्ने र रोग ठीक गर्नेमा हुन्छ । यसैमा आधारित रहेर मड थेरापीको विकास गरिएको हो ।

के हो मड थेरापी ?

सामान्य भाषामा भन्दा माटोबाट गरिने उपचार विधी नै मड थेरापी हो । प्राचिन समयमा माटोको पट्टी वा माटोको लेप बनाएर केही रोगको उपचार गरिन्थ्यो । यस अन्र्तगत माटोको लेप शरीरको कुनै विशेष अंगा वा पुरा शरीरमा लगाइन्छ । खागरी छाला सम्बन्धी समस्या र डिप्रेसन जस्ता रोगमा मड थेरापी उपयोगी मानिन्छ ।

के पाइन्छ माटोमा ?

मड थेरापीका लागि जमिनबाट तीन देखि पाँच फिट गहिराईको माटो उपयोगी हुन्छ । प्रयोग गर्नुअघि यसमा ढुंगा वा त्यसका कणहरु छ÷छैन, राम्ररी छान्नुपर्छ ।

माटोमा एक्टिनोमाइसिटेस नामको जीवाणु पाइन्छ, जसले मौसम अनुसार आफ्नो रुप बदल्छ । साथै यो पानीसँग मिल्छ तब यसमा केही किसिमको परिवर्तन हुन्छ । यही कारण माटोमा एक किसिमको सुगन्ध आउँछ ।

के मिल्छ स्वास्थ्य लाभ ?

माटोको लेपनबाट गरिने थेरापीबाट केही स्वास्थ्य लाभ मिल्छ । यसको मद्दतले टाउको दुखाई, अपच, उच्च रक्तचाप जस्ता रोग निको हुन्छ । यदि टाउको दुखिरहेको छ पानीसँग माटो मिलाएर त्यसको लेप निधारमा लगाउनुपर्छ । आधा घण्टासम्म यो लेप रहन दिनुपर्छ । त्यसपछि सफा गर्नुपर्छ ।

अपच वा कब्जियतको समस्या भएमा पनि मड थेरापी उपयोगी हुन्छ । यसरी तयार गरेको माटोको लेप पेटमा लगाउनुपर्छ । २० देखि ३० मिनेटसम्म लेप लगाएर सफा गर्नुपर्छ । लगातार यसको प्रयोगले पेट सम्बन्धि रोग निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment