Comments Add Comment

एन्फा प्रवक्ताले भने : प्रशिक्षकको राजीनामा आएको छैन

१० साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आधिकारिक राजीनामा नआएको जनाएको छ ।

एन्फा प्रवक्ता किरण राईले मुख्य प्रशिक्षकको राजीनामा एन्फाभित्रको राजनीतिका कारण नभएको भन्दै अलमुताइरीको घोषणाबारेमा जानकारी लिने बताए । उनले प्रशिक्षकको राजीनामा घोषणा सामान्य असझदारीका कारण भएको हुन सक्ने बताए । अल्मुताइरीले राजीनामा दिने घोषणा फेसबुकमा मात्रै गरेकाले आधिकारिक रुपमा एन्फामा राजीनामा नआएको पनि प्रवक्ता राईले बताए ।

‘उहाँलाई के भएको हो भन्दा म चाहिं तनावमा छु भन्नुभयो । अहिले लिखित रुपमा राजीनामा आएको छैन । तनावमा छु भनेपछि तपाईं आराम गर्नुस् भनें,’ प्रवक्ता राईले भने ।

मुख्य प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको आइतबार फेसबुकमार्फत बताएका थिए । तर नेम्वाङले भने पछिल्लो समय अल्मुताइरीसँग आफ्नो संवाद नै नभएको भन्दै यसको खण्डन गरेका छन् ।

‘वरिष्ठ उपाध्यक्षले पनि आफ्नो धारणा दिइसक्नुभएको छ । हामी यो विषयमा अध्ययनमा छौँ र केही समयपछि पत्ता लगाउँछौं,’ प्रवक्ता राईले भने, ‘कन्फ्युजनको कारणले पनि हुन सक्छ ।’ उनले एन्फाभित्रको राजनीतिका कारण अल्मुताइरीे राजीनामा घोषणा गरेको हुन नसक्ने बताए ।

उनले खेलाडीको प्रशिक्षणमा भने यसले कुनै प्रभाव नपार्ने स्पष्ट पारे । प्रशिक्षक अलमुताइरीले एन्फा पुगेर अध्यक्ष कर्माछिरिङ शेर्पासंग पनि छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment