+
+
Shares

भोजपुरी फिल्मको छायांकनका क्रममा विराज घाईते

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १६:४७

नायक विराज भट्ट भोजपुरी चलचित्र ‘आक्रोश’को छायांकनका क्रममा घाईते भएका छन् । नायक भट्ट घाईते भएपछि यो चलचित्रको छायांकन समेत रोकिएको छ । यो चलचित्रको छायांकन भारतको लखनउमा भैरहेको थियो ।

नायक विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको जानकारी दिएका छन् । रगते जमेका कारण दुई साता डाक्टरले आराम गर्न सल्लाहा दिएपछि विराज अभिनित यो चलचित्रको छायांकन पनि प्रभावित भएको हो ।

सन्दिप सिंहले निर्देशन गरिरहेको यो चलचित्रमा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको ४० प्रतिशत भन्दा बढी काम सकिएको छ । नेपाली चलचित्रमा स्टारडम बलियो भैरहेको समयमा विराज भोजपुरी चलचित्रतर्फ लागेका थिए । भोजपुरी चलचित्रमा जमेका विराजले केही वर्ष अगाडि चलचित्र ‘जय परशुराम’बाट नेपाली चलचित्रमा कमब्याक गरेका थिए ।

यो चलचित्र असफल भएपछि फेरि सुस्ताएका विराजले आफ्नै निर्देशनमा ‘साङ्लो’ निर्देशन गरेका थिए । यो चलचित्र पनि असफल भयो । विराजको भोजपुरी चलचित्रमा राम्रो क्रेज छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?