+
+

प्रादेशिक अस्पतालले काममा नआउन भनेपछि करारका स्वास्थ्यकर्मी मन्त्रालय धाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १९:२१

११ साउन, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामले कोरोना संक्रमितको उपचारका लागि करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीलाई काममा नआउन भनेको छ ।

जेठ १४ गते नियुक्त गरिएका चिकित्सक, हेल्थ असिस्टेन्ट, नर्स, रेडियोलोजिष्ट, एनेस्थेसियासहितका पदका स्वास्थ्यकर्मीलाई अस्पतालले काममा नआउन भनेको हो । संघीय सरकारले कोरोनाको तेस्रो लहर आउने सम्भावना भएकाले करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मीको म्याद ६ महिनासम्म थप्न भनेको तर प्रदेश सरकार मातहत रहेको अस्पतालले आफूहरुलाई निकालेको डा. लालमोहम्द राइनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले म्याद थप्न जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेको भए पनि सामाजिक विकास मन्त्रालयबाट निर्णय नआएको जवाफ दिएको डा. राइनले बताए ।  ‘यस सम्बन्धमा बुझ्न पटक–पटक सामाजिक विकास मन्त्रालय गए पनि कोही भेटिएनन्,’ उनले भने ।

सोमबार मन्त्रालय परिसरमै भेटिएका स्वास्थ्यकर्मीले कोरोनाको कहर कायमै रहेको समयमा प्रदेश सरकारले स्वास्थ्यकर्मी निकालेर खेलाँची गरेको प्रतिक्रिया दिए ।

कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले सय जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई करारमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?