Comments Add Comment

बाइसेक्सुअल : कहिलेसम्म लुकाउने आफैलाई ?

कतिपय यस्ता हुन्छन्, जो पुरुष महिला र पुरुष दुबैसँग सराबरी आकर्षित हुन्छन् । शारीरिक रुपमा निकट हुन खोज्छन् । यस्ता प्रवृत्ति भएका व्यक्तिलाई बाइसेक्सुअल वा द्वलैगिकता भनिन्छ ।

बाइसेक्सुअल हुनु व्यक्तिको मनको इच्छा र व्यवहारको एक सामान्य स्थिति हो । यो कुनै रोग वा संक्रमण होइन ।

यो कुरा अहिलेसम्म पनि अज्ञात नै छ कि, कोही किन बाइसेक्सुअल हुन्छन् । यद्यपि कतिपय रिसर्चबाट के थाहा भएको छ भने यदि कुनै व्यक्तिमा यस किसिमको प्रवृत्ति छ भने त्यो जन्मअघि नै जैविक कारकमा निर्भर गर्छ ।

एक भन्दा अधिक व्यक्तिसँग शारीरिक, यौन र भावनात्मक अर्कषण महसुष हुने व्यक्तिलाई ‘बाइसेक्सुअल’ भनिन्छ । समान र विपरीत लिंगका दुई व्यक्तिबीच एकअर्काको सुन्दरतालाई लिएर आकर्षित हुनु चाहि बाइसेक्सुअल होइन । तर, उनीहरु फगत शारीरिक रुपमा आकर्षित मात्र नभई एकअर्कासँग शारीरिक भोग गर्ने इच्छा पनि राख्छन् भने उनीहरु बाइसेक्सुअल हुन् ।

कुनै व्यक्ति पुरुष छन् । ऊ पुरुषसँग नै आकर्षित हुन्छन् । साथसाथै महिलासँग पनि । अर्थात दुबै महिला र पुरुषसँग उनको आकर्षण सराबरी हुन्छ । त्यसैगरी यौन व्यवहार पनि दुबैसँग बराबरी हुन्छ । के यो उनको इच्छाले मात्र भएको हो ? कुनै व्यक्ति कसरी बाइसेक्सुअल हुन्छन् ?

यसबारे कुनै ठोस निष्कर्ष अहिलेसम्म आएको छैन । केही अध्ययनबाट के तथ्य बाहिर आएको छ भने, जन्मअघि नै उनीहरुमा यस किसिमको प्रवृत्ति विकास भएको हुन्छ ।

सेक्सुअल ओरिएन्टेशन कुनै विकल्प होइन, न यसलाई बदल्न नै सकिन्छ । कुनैपनि थेरापी, उपचार वा अन्य उपायबाट व्यक्तिको सेक्सुअल ओरिएन्टेशनलाई बदल्न सकिदैन । त्यसैगरी कुनैपनि व्यक्तिलाई बाइसेक्सुअलमा पनि परिवर्तन गर्न सकिदैन ।

जब कुनै व्यक्ति हुँर्कदै जान्छन्, उनीहरुलाई आफ्नो स्वभाव एवं प्रवृत्तिबारे पनि थाह हुन थाल्छ । उनी महिला वा पुरुषतर्फ आकर्षित हुन्छन् भन्ने कुरा विस्तारै खुल्दै जान्छ । उनीहरुले आफै महसुष गर्छन् कि म गे, लेस्बियन वा बाइसेक्सुअल हुँ । सेक्सुअल ओरिएन्टेशन सामान्यत सुरुवाती चरणमै निर्धारित हुन्छ । तर, जीवनको कुनै मोडमा उनको इच्छा परिवर्तन हुनु असामान्य होइन । यसलाई फ्लयूडिटी भनिन्छ ।

बाइसेक्सुअल हुनु एक प्राकृतिक कुरा हो । यसमा कुनै दोष छैन । यसबाट हतोत्साही हुनु वा दुःखी हुनुको अर्थ पनि छैन । प्राकृतिक कुरालाई स्विकार्नुको हामीसँग विकल्प हुँदैन ।

जबकी कतिपयलाई आफु बाइसेक्सुअल भएको महसुष भएर पनि उनीहरु खुलेर यसबारे बताउन चाहँदैनन् । समाज वा आफन्तले नराम्रो सोच्छन् भन्ने भय छ । तर, आफुलाई कहिलेसम्म लुकाउने ? कहिलेसम्म खुम्चाउने ? कहिलेसम्म गुम्साउने ?

आफ्ना विश्वसनिय, भरपर्दो र नजिकका साथीलाई आफ्नो प्रवृत्तिबारे खुलेर भन्न सकिन्छ । यसरी क्रमस हामी खुल्दै जान सक्छौं ।

कतिपय अवस्थामा कुनै व्यक्ति गे, लेस्बियन र बाइसेक्सुअल छ भन्ने कुरा उनीहरुको व्यवहार र पहिरन शैलीबाट पनि थाहा पाउन सकिन्छ । तर, कुनैपनि व्यक्तिको सेक्सुअल ओरिएन्टेशनलाई उनको पहिरनबाट मात्र पनि अनुमान लगाउन गलत हुन्छ । उनीहरुको व्यवहार, प्रवृत्तिबाट मात्र उनीहरु को हुन् भन्ने कुरा अनुमान गर्न सही नहुन पनि सक्छ ।

यदि कुनै साथी समलैंगिक वा बाइसेक्सुअल छ भन्ने कुरा पत्ता लगाउने भरपर्दो तरिका एउटै छ, उसलाई सोध्ने । उनले तपाईंलाई बताउन सक्छ कि उसको सेक्सुअल ओरिएन्टेशन के हो ? यदि उनले बताउन चाहेन भने जबरजस्ती चाहि नगरौं । यदि उनले खुलेर भन्यो भने, उनको जे पनि सेक्सुअल ओरिएन्टेशन छ, त्यसलाई स्विकार र समर्थन गरौं । उनलाई हतोत्साही वा घृणा गर्ने काम नगरौं ।

यदि साथी बाइसेक्सअुल छ भने उनलाई असहज हुने वातावरण नबनाऔं । उनलाई संकुचित हुने अवस्था पैदा नगरौं । उनीहरुले पनि खुलेर, हासेर, रमाएर बाँच्न पाउनुपर्छ, त्यसका लागि हामीले यसलाई स्वभाविक रुपमा ग्रहण गरौं ।

मानौं तपाईंलाई थाहा भयो कि, तपाईंको पार्टनर बाइसेक्सुअल हुन् । तब उनीसँग तपाईंले के गर्नुपर्छ ? निश्चय पनि उनलाई तपाईंको साथ चाहिन्छ । तपाईंले भरपर्दो साथ दिनुपर्छ । आफ्ना पार्टनरसँग यस सम्बन्धमा खुलेर कुराकानी गर्नुपर्छ । यसका साथै उनलाई भावनात्मक रुपले बलियो बनाउन प्रयास गर्नुपर्छ । उनीसँग समय विताउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment