+

फ्लोरा डफीले जितिन् बर्मुडाको लागि पहिलो ओलम्पिक स्वर्ण

२०७८ साउन  १२ गते १२:३० २०७८ साउन १२ गते १२:३०
फ्लोरा डफीले जितिन् बर्मुडाको लागि पहिलो ओलम्पिक स्वर्ण

१२ साउन, काठमाडौं । बर्मुडाकी फ्लोरा डफीले ओलम्पिकमा आफ्नो देशको लागि पहिलो स्वर्ण जितेकी छन् । जापानमा भइरहेको टोकियो ओलम्पिकमा डफीले मंगलबार ट्रायथलनमा ऐतिहासिक स्वर्ण जितेकी हुन् ।

ट्रायथलनमा दुई पटककी वर्ल्ड च्याम्पियन ३३ वर्षीय डफीले १.५ किमी पौडी, ४० किमी बाइक राइड र १० किमी दौडको दूरी १ घण्टा ५५ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै पहिलो ओलम्पिक स्वर्ण जितिन् । डफीले २०१६ र २०१७ मा वर्ल्ड च्याम्पियन बनेकी थिइन् ।

ओलम्पिक स्वर्ण जितेकपछि डफीले आफ्नो सपना पूरा भएको बताइन् । उनले भनिन्, ‘मेले स्वर्ण जित्ने मेरो सपना पूरा गरे । तर बर्मुडाको लागि पहिलो स्वर्ण जित्ने सपना पनि पूरा भयो ।’

ओडाईबा मारिन पार्कमा भएको इभेन्टमा २०२० की वर्ल्ड च्याम्पियन ग्रेट ब्रिटेनकी टेलर ब्राउन १ घण्टा ५६ मिनेट ५० सेकेण्ड टाइमिङ सहित रजत जित्न सफल भइन् । यस्तै २०१९ को वर्ल्ड च्याम्पियन अमेरिकन जाफेरस केटीइले १ घण्टा ५७ मिनेट ०३ सेकेण्ड समयमा दूरी पूरा गर्दै कास्य जितिन् ।

टोकियो ओलम्पिक २०२०

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय