Comments Add Comment

संसारको सबैभन्दा गहिरो स्वीमिङ पुल, जसको मुनि छ पूरै सहर

१२ साउन, काठमाडौं । संसारको सबैभन्दा अग्लो भवनदेखि संसारकै सबैभन्दा ठूलो सपिङ मल हुने सहर हो युएइको दुबई ।

अब दुबइको नाममा अर्को किर्तिमान पनि थपिएको छ, संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल ।

डीप डाइभ दुबई (Deep Dive Dubai) नामक उक्त स्वीमिङ पूलमा पौडी खेल्न चाहनेहरु १ सय ९६ फिट अर्थात् ६० मिटर गहिराइसम्म जान सक्दछन् । उक्त गहिराईमा गएर मानिसहरुले डुबेको एउटा काल्पनिक शहरका अवशेषहरुको आनन्द उठाउन सक्दछन् ।

दुबई सहरबाट झण्डै १५ मिनेटको दूरीमा पर्ने नाद अल शेबा भन्ने ठाउँमा निर्माण भएको यो स्वीमिङ पूलमा करीब १ करोड ४० लाख लिटर पानी हालिएको छ उक्त पानीलाई ३० डिग्री सेल्सियस सम्म तातो बनाउन सकिन्छ ।

दुबईको यो ६० मिटर गहिरो स्वीमिङ पूलले किर्तिमान तोड्नु अगाडि यो किर्तिमानँ पोल्याण्डमा निर्मित ४५ मिटर गहिरो डीप स्पट नामक स्वीमिङ पूलको नाउँमा थियो । हाल बेलायतमा ५० मिटर गहिरो ब्लू एबिस नामक स्वीमिङ पूल बनिरहेको छ ।

६ वटा ओलम्पिक पूलको जतिक्कै आकार

पर्यटकहरुलाई मध्यनजर गरी बनाइएको उक्त पूल ओलम्पिक खेलमा प्रयोग गरिने पौडी पोखरी भन्दा आकारमा ६ गुणा ठूलो छ । गहिराईमा विश्व किर्तिमान कायम गरेतापनि कूल आकारमा भने यो संसारको सबैभन्दा ठूलो स्वीमिङ पूल चाँहि होइन । बेलायतमा निर्माणाधीन ब्लू एबिस चाहीँ ओलम्पिक स्वीमिङ पूल भन्दा १७ गुणा ठूलो छ ।

दुनिया के सबसे गहरे स्वीमिंग पूल के नीचे मौजूद है पूरा शहर

उक्त स्वीमिङ पूललाई समुद्रमुनि रोबोटिक्स तथा व्यवसायिक अन्तरिक्षयात्रीको प्रशिक्षणको परीक्षणका लागि डिजाइन गरिएको हो ।

डीप डाइभ दुबई चाँहि पर्यटकको मनोरञ्जनका लागि र उनीहरुलाई फरक अनुभव गराउनका लागि हो । त्यहाँ पेशेवर पौडीबाजका लागि नि:शुल्क डाइभिङका साथै पौडीको सुरुवाती प्रशिक्षणको पनि व्यवस्था हुनेछ ।

५६ वटा सीसीटिभी क्यामराबाट निगरानी

उक्त स्वीमिङ पूलमा पौडी खेल्नका लागि केही कुरामा सावधानी अपनाउनु आवश्यक छ । पूलमा डुब्नेहरु गहिराइमा पुग्नुका साथै एक डुबेको काल्पनिक सहर पनि हेर्न पाउनेछन् । साथै उक्त काल्पनिक सहरमा घुम्ने र आनन्द पनि अनुभव गर्न सक्नेछन् । पौडीबाजहरुले त्यहाँ उपलब्ध सम्पूर्ण सामग्रीहरु उपयोग पनि गर्न सक्नेछन् । उक्त काल्पनिक सहर युएइको पर्ल डाइभिङ्गको विरासतबाट प्रेरित भएर निर्माण गरिएको हो ।

पानी मुनिको उक्त सहरमा सडकहरुमा ठडिएका कारहरु, भित्तेचित्रबाट सजिएका पर्खालहरु, ठूला-ठूला रुख तथा पुस्तकालयका अलावा घरमा बस्ने तथा साइकल चढ्ने अनुभव पनि लिन सकिन्छ ।

दुनिया के सबसे गहरे स्वीमिंग पूल के नीचे मौजूद है पूरा शहर

यो सहर यति ठूलो छ कि यो पूरै घुम्नका लागि पर्यटकहरुले धेरै पटक डुबुल्की मार्नु पर्नेछ ।

पर्यटकलाई रोमाञ्चित गर्नका लागि सहरमा प्रकाश तथा ध्वनीको व्यवस्था पनि गरिएको छ । अर्थात् यदि तपाई करीब २ सय फिट गहिरो पानीमुनि रहेको एक जग्जगाउँदो सहरमा केही समय बिताउने आनन्द उठाउन सक्नुहुन्छ त्यहाँ । त्यो चरम गहिराइमा पर्यटकको सुरक्षाका लागि ५६ वटा क्यामरा जडान गरिएको छ ।

कीर्तिमानी पौडीबाज विल स्मिथले डुबुल्की मारिसके

हालका लागि यो कीर्तिमानी स्वीमिङ पुल केवल निश्चित पाहुनाहरुका लागि मात्र खुल्ला गरिएको छ ।

दुनिया के सबसे गहरे स्वीमिंग पूल के नीचे मौजूद है पूरा शहर

हालै हलिउडका अभिनेता विल स्मिथले यो स्वीमिङ पूलमा डुबुल्की मारेका छन् । अगष्ट महिनादेखि भने आम मानिसहरुका लागि यो पौडी पोखरी खोल्ने अपेक्षा गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment