Comments Add Comment

हात्तीको दाह्रासहित बाराबाट तीन जना पक्राउ

१२ साउन, वीरगञ्ज । बाराबाट प्रहरीले हात्तीको दाह्रा सहित तीन जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–११ रतनपुर बस्ने ३४ वर्षीय सूर्यप्रसाद तामाङ, ३५ वर्षीय दिलबहादुर घलान र मकवानपुरको हेटौंडा नगरपालिका–१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल नजिक जर्गा होटल अगाडिबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

हेटांैडाबाट पथलैयातर्फ आउँदै गरेको ना ५० प १२२७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्नेक्रममा पछाडि बसेका सूर्यप्रसादले प्लाष्टिकको बोरामा लुकाइछिपाई राखेको हात्तीको दाह्रा फेला परेपछि उनीहरुलाई पक्राउ गरेको मिश्रले बताए ।

हात्तीको दाह्रासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कानूनी कारबाहीका लागि पर्सा राष्टिय निकुञ्ज कार्यालयमा पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment