Comments Add Comment

काठमाडौंमा बृहत नागरिक आन्दोलनको प्रदर्शन

१६ साउन, काठमाडौं । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथिती अन्त्यको माग गर्दै नागरिकहरु माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी, खगेन्द्र संग्रौलालगायत सहभागी थिए ।

उनीहरुले जनताको शक्ति राज्यशक्ति भन्दा शक्तिशाली हुन्छ, सरकार तिम्रो प्राथमिकता के हो ? हामी के चाहन्छौं ? राजनीतिमा सार्वजनिक स्वामित्व जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

तस्वीर : आर्यन धिमाल/अनलाइखबर

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment